चीनमा दुई चरणमा कोभिड १९ विरुद्धको भ्याक्सिनको मानिसमाथिको परीक्षण सफल


चीनको नेशनल बायोटेक ग्रुपले कोभिड १९ को सम्भावित भ्याक्सिनको दुई चरणमा मानवमाथिको परीक्षण सफल भएको जनाएको छ ।

भ्याक्सिन सुरक्षित र मानिसको प्रतिरोधात्मक क्षमता वृद्धिका लागि सहयोग देखिएको हो । गत अप्रिलबाट हेनान प्रान्तमा मानवमा ट्रायल सुरु गरिएको भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टको सब्सिडरी चिनियाँ नेशनल बायोटेक समूहले तयार गरेको हो ।

१८ वर्षदेखि ५९ वर्ष समूहका स्वयमसेवीहरु उक्त ट्रायलमा सहभागी भएका थिए । उनीहरुलाई तीन तहको भ्याक्सिन दिइएको थियो । लो, मिडियम र हाइ डोज क्रमशः दोस्रो, तेस्रो र चौथो सातामा दिइएको चीनियाँ संचार माध्यमले जनाएको छ । त्यसकै आधारमा अनुसन्धानकर्ताले यो सुरक्षित रहेको र प्रतिरोधात्मक क्षमता अभिवृद्धि भएको पुष्टि गरेका हुन् ।

कूल ११ सय २० जना मानिसमा भ्याक्सिनको प्रयोग भएको र उनीहरुमाथि परीक्षण गर्दा कुनै खालको खतरा नदेखिएकाले यसलाई सुरक्षित मानिएको कम्पनीले जनाएको छ । कम्पनीले तेस्रो चरणको मानवमाथिको परीक्षण चीनबाहिर गर्न चाहेको र त्यसका लागि विभिन्न मुलुकका कम्पनीहरुसँग सहकार्य हुने जनाएको छ ।

कम्पनीले चीनमा तेस्रो चरणको ट्रायल हुनुलाई उपयुक्त मानेको छैन । संक्रमित संख्या बढ्दै गएको मुलुकमा परीक्षण गर्नुपर्ने कम्पनीले जनाएको छ । हाल चीनमा मात्र पाँचवटा भ्याक्सिन क्लिनिकल ट्रायलमा छन् ।

प्रकाशित: समय: 17:10:31  327पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार