कोरोना सं‌क्रमितको सं‌ख्या ७,१७७ पुग्यो, हालसम्म २० जनाको मृत्यु


नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जना नयाँ संक्रमित थपिएसंगै कुल सं‌क्रमितको सं‌ख्या ७ हजार १ सय ७७ पुगेको बताए । यो संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

हालसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् ।

प्रकाशित: समय: 16:28:34  284पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार