सांसद रामनारायण बिडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका ऊर्जावान् युवाहरू महामारीका कारण घर फर्किन चाहे पनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । ।
सरकारले रोजगारी नदिएर धकेली–धकेली युवाहरूलाई विदेश पठाए पनि रोग र भोकले ग्रस्त भएकाले उद्धार गर्न नसकेको उनले बताए ।
“राम्रा–राम्रा र बलिया–बलिया युवाहरू रोजगारीका लागि विदेशमा छन् । उनीहरू अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन अभाव छ । भाडा तिर्ने पैसा छैन शरीर पनि जिर्ण भएको छ,” उनले भने, “नेपालमा काम नदिएका कारणले धकेली–धकेली यसपालि विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तिनीहरूलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नि ।”
उनले दुब्र्यसन र लागुऔषधले लिप्त भएर बसिरहेका युवाहरूलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्नेतर्फ गृह मन्त्रालयको ध्यान जानुपर्ने बताए ।