काठमाडौं । विद्युत नियमन आयोगले विद्युतको नयाँ शुल्क निर्धारण गरेको छ ।
आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको हो । यही असारदेखि लागू हुने नयाँ महशुल दररेटमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ ।
सिंगल फेजको तल्लव भोल्टेज (२३० भोल्ट)को बिजुली प्रयोग गर्ने घरायासी उपभोक्ताले महिनामा १० किलोवाट घण्टासम्म बिजुली खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँमात्र तिरेपुग्छ । तर यही फेजमा १५ एम्पिएरमा भने न्यूनतम शुल्क ५० रुपैयाँ र प्रतिकिलोवाट घण्टाको शुल्क ४ रुपैयाँ लाग्ने छ। ३० एम्पिएर मा ७५ रुपैयाँ शुल्क र ५ रुपैयाँ प्रतिकिलोवाट शुल्क लाग्ने छ । ६० एम्पिएरमा १२५ रुपैयाँ शुल्क र प्ततिकिलोवाट घण्टाको ६ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । सिंगल फेजबाट बिजुली लिनेहरुले ४ सय किलोवाट घण्टा भन्दा बढी खपत गर्दा अधिकतम महिनामा २७५ रुपैयाँ शुल्क र प्रतिकिलोवाट घण्टा १२ रुपैयाँ तिर्नुपर्ने छ।
यसैबिच आयोगले औद्योगिक क्षेत्रका लागि डेटिकेटेड र ट्रंक लाइनको व्यवस्था भने खारेज गरेको छ । लोडसेडिङ हुँदा उद्योगलाई अतिरिक्त शुल्क लिएर बिजुली दिँदै आइएको थियो ।
पछिल्लो समय लोडसेडिङ हटे पनि शुल्क कायमै रहेको भन्दै उद्योगीले सरकारको आलोचना गर्दै आएका थिए ।