महेश खड्काको गजल


सपनाहरु यसरी पोखिदा बगर बगर लाग्दैन।
प्रयोग गरी फाईदा लिने कुरा अवसर लाग्दैन।

जसले आफ्नो पसिना छोराकै लागि बगाईरहे
बुढेसकालमा अपमान हुँदा घर नै घर लाग्दैन।

नहुनेको लागि होला भनी बजार पसेको मान्छे
हुने खाने कै लागि हुँदा यो ठाउँ सहर लाग्दैन।

दसकौ देखि देशमा पसिनाको रेमिट्यान्स पठाए
अप्ठ्यारोमा उनीहरु माथि कसैको नजर लाग्दैन ।

मुटुमाथि ढुँगा राखी हिड्दै आईरहेको मुसाफ़िर
जस्तोसुकै कठिन जिन्दगी पनि कष्टकर लाग्दैन ।

प्रकाशित: समय: 10:41:35  620पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार