चेतन खतिवडाको गजल


रमाउने बेला आयो , गाउँले परिवेशमा
किन मरि हत्ते गर्छन , जान बिदेशमा

गाउँ नै राम्रो घर नै राम्रो , लाग्ने बनायो
धन्न आइदियौ तिमी, कोरोनाको भेषमा

बाहिर निस्कनु नै छैन, बस घर भित्र नै
समय काट जुम्रा हेर्दै, एकअर्काको केशमा

साबुनपानीले हात धुँदै, दुरि कायम राख्ने बेला
बलात्कार भयो उता , क्वारेन्टाइनको मेसमा

विपत्ति पनि के आयो, चारैतिर बाट घेरा हाली
कतै पहिरो कतै, हत्या दुर्घटना, हुन लाग्यो देशमा

किन मानिस आसक्ति भै, अपराध उन्मुख भाछन
आखिर मैं हुँ भन्ने पनि, खाली हात गए शेषमा

लेखक: चेतन खतिवडा
लालबन्दी -५ सर्लाही
हाल- महालक्ष्मी -५ टिकाथली ललितपुर

प्रकाशित: समय: 9:46:05  893पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार