कोरोना संक्रमणबाट विश्वभर ४ लाख ४५ हजारबढीको मृत्यु


विश्वमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

वल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८२ लाख ५७ हजार ५३५ पुगेको छ । संक्रमितमध्य ३५ लाख ४ हजारभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ५४ हजार ५ सय ९४ जनाकोे अवस्था गम्भिर रहेको छ ।

संक्रमितमध्य ४३ लाख ६ हजार ७ सय ४८ जना कोरोनामुक्त भएका छन् ।  त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ९८६ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या २२ लाख नाघेको छ भने ब्राजिलमा ९ लाख २८ हजार , रसियामा पाँच लाख ४५ हजार नाघेको छ ।

प्रकाशित: समय: 8:39:17  282पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार