भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भएको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको छ ।
दुई देशका सैनिकबीच भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको छ । मंगलबार दिउँसो झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो ।
तर भारतीय संचारमाध्यमले भने चिनियाँ सेनातर्फ पनि ठूलो क्षति भएको दाबी गरेका छन् । उनीहरुले झडपमा ४३ चिनियाँ सैनिकको मृत्यु भएको दाबी गरेका छन् । तर यसबारेमा चीनले केही बताएको छैन ।
भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको भए पनि धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो । चीनले भारतलाई तनाव बढ्नेगरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।
झडपको विषयलाई लिएर दुवै देशले एक अर्कालाई दोषारोपण गरेका छन् । यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।
लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन। पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्।