तामाङकाे आर्थिक सहयाेगमा शुभ-आरम्भ अनलाइन क्लबले राहत वितरण गर्‍याे


नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ३ नयाँबस्ती नुवाकोटका युवा समाजसेवा अमृत तामाङकाे आर्थिक सहयाेगमा शुभ-आरम्भ अनलाइन क्लबले मंगलबार बेलकाेटगढी ३ मा राहत वितरण गरेकाे छ । शुभ-आरम्भ अनलाइन क्लबका अध्यक्ष तथा शुभ-आरम्भ अनलाइन डटकमका प्रधान सम्पादक डिल बहादुर लामा, साेही क्लबका सदस्य अप्सरा तामाङ र नेपाली हाँस्यटेली चलचित्र निर्देशक तथा पत्रकार करण तामाङ घ्लानकाे उपस्थितिमा क्लबले मंगलबार बेलकाेटगढी नगरपालिका वडा नम्बर तीन नयाँ बस्तीका सन्तलाल सुनार, जंगविर सुनार, फूलमाया तामाङ, रेशम तामाङ, चन्द्र बहादुर तामाङ, चतुर्मान तामाङ, चिनीमाया सुनार, ललितमान तामाङ, सेतीमाया तामाङ लगायतका दश विपन्न घरपरिवारलाई राहत वितरण गरेको हाे ।
राहत स्वरुप दाल, चामल, तेल लगायतका खाद्यान्न सामग्रीहरु प्रदान गरिएको छ । लकडाउनसँगै बर्खाकाे याे समस्याको बिचमा राहत सामग्री प्रदान गरिएकोमा समाजसेवी अमृत तामाङ, अप्सरा तामाङ, अध्यक्ष डिलबहादुर लामा, करण तामाङ घ्लान लगायत शुभ-आरम्भ अनलाइन क्लबका सम्पूर्ण टिम प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् ।

प्रकाशित: समय: 6:54:49  543पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार