मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्छ : सांसद विडारी


राष्ट्रियसभा सदस्य राम नारायण विडारीले सरकारले सरकार ढल्ने डरले सांसदहरुलाई विभिन्न नाममा पैसा बाँडेको बताएका छन् ।

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले भने ‘‘सांसदहरुले विरोध गरे सरकार ढाल्छ रे भनेर कहिले ६ करोड डाइरेक्ट, कहिले घुमाएर ४ करोड, अनि बाटोघाटो भनेर १०, ८ करोड हाल्दिने काम मन्त्रीले ग-यो । यसबाट देश विकास हुँदैन् । त्यसैले बजेट मार्न र बजेट पार्न हुँदैन् ।’’

पछिल्लो समय सडकमा कोरोना महामारी नियन्त्रणका लागि भएको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै भइरहेका प्रदर्शनलाई लक्षित गर्दै उनले मन्त्रालयलाई दैनिक खर्च वेवसाइटमा सार्वजनिक गर्न आग्रह गरे ।

उनले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन् । साउनबाटै काम सुरु गरी बजेट खर्च गर्न मन्त्रीहरुलाई के ले छेक्यो भन्दै उनले प्रश्न गरे ।

विपक्षी दलहरुले समेत बजेट पुगेन भनेर भन्ने तर मन्त्रालयको खर्च १ सय रुपैयाँ राख्नुस भनेर भन्ने प्रवितिले विकास हुन नसकेको बताए ।

उनले भने, ‘‘विपक्षी झन त्यस्तै । पैसा यहाँ नी बढाउन, यँ नी पुगेन त्या नी पुगेन भन्छ । अनि बजेट चाँही १ सय रुपैया मात्रै राखियोस यो मन्त्रालयमा भन्छ । १ सय रुपैयाँ भन्छ अनि यो नि बनाइदे उ नी बनाइदे बजेट पुगेन भन्छ । विपक्षी यस्तै सत्ता उस्तै । अनि देश कसरी विकास हुन्छ ?’’

राष्ट्रियसभाबाट जति सुझाव दिएपनि बजेटमा कुनै परिवर्तन नहुने कुराको विरोध गर्दै उहाँले बजेट संशोधन गर्दैमा सरकार तलमाथि नहुने बताए । बेलायत र अमेरिका लगायतका देशमा पनि बजेट संशोधन हुने गरेको उल्लेख गर्दै उनले सबैतिरबाट आएका सुझावहरुलाई आत्मसाथ गरी बजेट संशोधन गर्न सरकार डराउन नहुने बताए ।

उनले भने ‘‘यत्रो छलफल ग¥यो यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खायौँ । अनि बजेट चाँही सरकारले जे ल्यायो त्यही एक रुपैयाँ नी परिवर्तन हुँदैन् । यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’’

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दैनिक खर्च धान्न गाह्रो भएको भन्दै दिएको अभिव्यक्तिको उनले आलोचना गरे ।

प्रकाशित: समय: 18:40:14  366पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार