टेलिकमले असार ७ गतेसम्म सेवामा लाग्ने विलम्व शुल्क मिनाहा गर्ने


काठमाडौं । कोभिड–१९ को महामारीको कारणले मुलुकमा कायम रहेको लकडाउन अवधिमा नेपाल टेलिकमले ग्राहकहरुको आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शुल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको छ।

कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई यही असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार विलम्ब शुल्क लागू हुने जनाएको छ।

यसैगरी जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिइने हुनाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागू हुनेछ।

नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टे अफर भने कायमै रहने जनाएको छ।

प्रकाशित: समय: 17:35:42  333पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार