काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भइ हाल हेटौंडा बस्दै आएका २४ बर्षिय रबिन्द्र गौतम रहेका छन् । हेटौंडा १० मा रहेको एक ग्यारेजमा काम गर्दै आएका गौतमको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।