ललितपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरले आयोजना गरेको एक हप्ते गणित शिक्षण तालिमको सोमबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि एवं नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले तालिमको आयोजना गरेर एन.एन.टि.ए.ललितपुरले साह्रै ठुलो योगदान पुर्याएको चर्चा गर्नुहुँदैं लाखौं खर्चमा मात्रा गर्न सकिने यस्तो उपयोगी तालिम नि:शुल्क आयोजना गरेर यो बिषम परिस्थितिमा शिक्षक -शिक्षिकाहरुलाई ठूलो राहात पुगेको बताउनु भयो।
विभिन्न क्षेत्रका बिषयगत विज्ञमार्फत शिक्षकहरुलाई दिक्षित गराई रहेको उक्त तालिम समापन समारोहमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्मा,के.यु.का स्कुल अफ एजुकेशन डिन प्रा.डा.महेशनाथ पराजुली,के.यु.पिएचडी स्कलर निरोज दहाल,रामचन्द्र सुवेदी,सन्दिप ढुंगाना,रमेश थापा,केबल खत्री,अजित झा,केन्द्रीय सचिवालय सदस्य कमला थापा,वाग्मती प्रदेश समिति अध्यक्ष निरबहादुर कार्की,श्री प्रभात माविका प्रधानध्यापक राजेन्द्र तिमल्सिना,नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर अध्यक्ष सुरेन्द्रकुमार घिमिरे,दिलकुमार महर्जन लगायतले विभिन्न शिर्षकमा प्रशिक्षण दिनुका साथसाथै सहभागिता रहेका थिए ।
काठमाडौं विश्व विद्यालयका प्रा.डा.बाल चन्द्र लुइटेलले विशेष अतिथिको रुपमा बोल्नुहुँदैं कार्यशालाको खुलेर प्रसंशा गर्नु भएको थियो ।
जेठ २७ गतेदेखि एक हप्तासम्म चलेको तालिम दैनिक दिउँसो ३ बजेदेखि ६ बजेसम्म केयूसँगको सहकार्यमा जुम अनलाइनबाट संचालन गरि प्राथमिक तहदेखि माध्यमिक तह अर्थात् कक्षा १ देखि कक्षा १२ सम्म गणित विषय अध्यापन गराउने शिक्षक-शिक्षिकाहरुलाई उक्त तालिम दिलाइएका थिए। उक्त कार्यशालामा भाग लिएका थिए ।तालिममा शिक्षक-शिक्षिकाहरुलाई कम्प्युटरको आधारभूत सिप , पावर प्वाइन्ट,गुगल क्लास,एक्सेलको प्रयोग,GeoGebra को प्रयोगसहित गणित शिक्षणमा प्रविधिको प्रयोगबारे व्यापक रुपमा विज्ञ एवं प्रशिक्षकहरुले ब्यापक रुपमा प्रशिक्षण दिलाउनु भएको थियो ।
कोरोना भाइरसका महामारीका बखत संकटको यस दुखद घडीमा विषयगत शिक्षण गर्न गणित विषयलाई प्रविधिबाट सिकाउन केही कठिन हुने गुनासो आएपछि उक्त गुनासोको सम्बोधन गर्न कार्यशालाको आयोजना गरेको ललितपुर संगठनका सचिव शुक्र थापाले जनाउनु हुँदैं यो तालिमले गणित बिषय पढाउनका लागि शिक्षक-शिक्षिकाहरुलाई अत्यन्तै सरल र सहज बनाएको छ जस्तो:-Basic ICT Skills for effective integration of ICT in Mathematics Classroom नाम दिइएको उक्त तालिमबाट १ सय २० जना गणित विषयका शिक्षक लाभान्वित भएको कुरा ललितपुर एन.एन.टि.ए.ललितपुरका जिल्ला अध्यक्ष सुरेन्द्र कुमार घिमिरेले बताउनु हुँदैं संगठनले आगामी दिनमा अवस्था र मागलाई हेरेर अन्य विषयमा पनि तालिम दिन तयार रहेको प्रष्ट्याउँदैं शिक्षक शिक्षिकाहरुलाई जानकारी दिन आव्हानसमेत गर्नु भयो ।