काठमाडौं भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको भारत सरकारले पुष्टि गरेको छ ।भारत चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।
सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन् ।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको भए पनि धेरैपछि सैनिकहरूको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो ।