काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सरकारले क्वारेन्टाइन व्यवस्थित नगरेको, पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको, विश्वसनीय नभएको आरडिटी विधिबाट परीक्षण गरेकोप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको छ ।
केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकारले लिएको नीति असफल भएको निष्कर्ष निकालेको थियो ।
कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।