काठमाण्डौं । पर्यटन ब्यवसायीहरुले सरकारले ल्याउन लागेको पर्यटन सम्बन्धी बिधेयकका कतिपय प्राबधान ब्यवसाय मैत्री नभएको भन्दै सच्याउन माग गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई एवं पर्यटन सचिव केदारबहादुर अधिकारीलाई ज्ञापनपत्र बुँझाउँदै उनीहरुले कपितय प्राबधान सच्याउन माग गरेका हुन् ।
पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष सीताराम सापकोटा र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका महासचिव पूर्ण कुँबरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
उनीहरुले क्यासिनोलाई प्रस्तावनामा उल्लेख गर्न नहुने,हिमाल आरोहण गर्ने बिदेशी पर्वतारोहीहरुले आफ्नै देशमा र नेपाली सहयोगीहरुको स्वास्थ्य परीक्षण नेपाल सरकारबाट मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट गर्ने प्रबन्ध मिलाउने लगायतका माग राखेका छन् ।
यसैगरि निश्चित उचाई भन्दा माथिका पदयात्रामा जाँदा अनिबार्य रुपमा ट्रेकिङ एजेन्सी मार्फत प्रमाणपत्र प्राप्त ट्रेकिङ गाइड लिएर जानुपर्ने प्रबन्ध गर्न पनि उनीहरुको माग छ ।
ज्ञापनपत्र बुझ्दै पर्यटनमन्त्री भट्टराईले बिधेयक बन्ने लामो प्रक्रिया भएकोले ब्यवसायीहरुको पनि सुझाव समेटेर अघि बढ्ने आश्बासन दिएका थिए । उनले ब्यवसायीको मागमा सरकार गम्भीर रहेको र माग पूरा गराउन पहल गर्ने पनि बचन दिएका थिए।