आर्थिक तथा वित्तिय समितिको अध्यक्षमा राई निर्वाचित,तामाङ सोसाइटी अफ अमेरिकाद्धारा बधाई


अमेरिका,न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घको लागि नेपालका स्थायी प्रतिनिधी महामहिम अमृत बहादुर राई केही दिन अघि सम्पन्न निर्वाचनमा संयुक्त राष्ट्र संघ आर्थिक तथा वित्तीय समितिको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको छ ।

संयुक्त राष्ट्र संघको लागि नेपालका स्थायी प्रतिनिधिसमेत रहनु भएका महामहिम राई,संयुक्त राष्ट्र संघ,आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा निर्वाचित हुनु भएकोमा तामाङ सोसाईटी अफ अमेरिकाको संस्थागत तर्फबाट अध्यक्ष गोमा योन्जनले हार्दिक बधाई तथा सफल कार्य कालको लागि शुभकामना व्यक्त गरेकी छिन् ।

प्रकाशित: समय: 12:15:14  484पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार