भारतमा पछिल्लो चौबीस घण्टामा ३८० को मृत्यु, झन्डै ११ हजार संक्रमित थपिए


२ असार, काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ११ हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ ।

प्रकाशित: समय: 11:23:35  252पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार