ठैंवमा अपाङ्गता,अशक्त र विपन्न ४० घरपरिवारलाई खाद्यान्न वितरण


ललितपुर ।  गोदावरी नगरपालिका वडा नं.१४ ठैंवका वडाध्यक्ष जगन्नाथ महर्जनको प्रमुख आतिथ्यमा बौंद्ध जागरण संघका केन्द्रीय अध्यक्ष एवं बौंद्ध धर्म गुरु काईला लामाको विशेष आतिथ्यमा सोमबार उज्ज्वल
नक्षत्र समाज,बागबजार,काठमाडौंको आयोजनामा ठैंवका अपाङ्गता,अशक्त तथा विपन्न ४० घरपरिवारहरुलाई चामल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ ।

कोरोना भाइरसको कारणले नेपाल सरकारले गरेको लामो लकडाउनले गर्दा साँझ,बिहान दुई छाक खाना खान पनि समस्यामा परेका ती अपाङ्गता,अशक्त तथा विपन्न घर परिवारहरुलाई ठैंवस्थित ढल निकास कार्यालयको सभा हलमा उज्ज्वल नक्षत्र समाजका अध्यक्ष वासुदेव अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा लामागुरुहरु,जनप्रतिनिधिहरु,संस्थाका पदाधिकारीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 11:39:54  474पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार