काठमाडौ । मकवानपुरको हेटौंडामा एक युबतिको शब फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ करराको सुर्य चोक नजिक अन्दाजी २०/२२ बर्षिया एक युबतिको शब फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । शब कोठामा फेला परेको र शबको पहिचान खुल्न बाँकी रहेको छ । आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धान भइरहेको प्रबक्ता रानाले बताए । घटनास्थलमा प्रहरी टोलि पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।