पहिरो खस्दा कुलेखानी भिमफेदी सडक खण्ड अबरुद्ध


काठमाडौं   हेटौंडाबाट राजधानी काठमाडौ जोड्ने छोटो दुरिको कुलेखानी भिमफेदि सडक खण्डमा पहिरो जाँदा बाटो अबरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ६ चिसापानी गढी नजिक बाटो माथिबाट लेदो सहितको पहिरो जाँदा बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।बर्षाका कारण सडक माथिबाट लेदो सहितको पहिरो खस्दा बाटो दुई तर्फी नै अबरुद्ध भएको र पहिरो पन्छाउने कार्य भइरहेको प्रबक्ता रानाले बताए ।

प्रकाशित: समय: 9:28:51  538पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार