कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार नाघ्यो, ८१ लाख १३ हजारबढी संक्रमित


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय १२ जनाको मृत्यु भएसंगै हुल मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ६४ पुगेको हो । यस्तै ८१ लाख १३ हजार ६५ जना संक्रमित भएका छन् । जसमध्य ४२ लाख १३ हजार २ सय ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्य ३४ लाख ६० हजार ७ सय १७ जनाको उपचार भइरहेको छ भने ५४ हजार ५ सय भन्दाबढीको अवस्था गम्भिर रहेको वल्डोमिटर्समा उल्लेख छ ।

यस्तै कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा १ लाख १८ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । २१ लाख ८२ हजार ९ सय ५० जना संक्रमित भएका छन् । जसमध्य ८ लाख ८९ हजारभन्दाबढी कोरोनामुक्त भएका छन् ।

यस्तै ब्राजीलमा ८ लाख ९१ हजार भन्दाबढी र रसियामा ५ लाख ३७ हजार बढी संक्रमित भएका छन् ।

प्रकाशित: समय: 8:43:52  223पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार