चिजा लामाको मेन्दोमाया गीत युके लन्डन बजारमा


काठमाडौं । मेन्दोमाया गायक चिजा लामाको नयाँ तामाङ मेन्दोमाया गीत युके लन्डन बजारमा आएको छ ।
गायक लामाको शब्द संकलनमा बनेको तामाङ गीतमा इन्द्रेणिका चर्चित गायिका मीठो स्वरकी धनी मनमाया वाइबाले साथ दिएकी छिन् । युके लन्डन बोलको तामाङ गीत काठमाडौं डिजिटल स्टुडियोको माध्यामबाट सार्वजनिक भएको हो ।
लामाले थुप्रै मेन्दोमाया गीतहरु बजारमा ल्याइसकेका छन् ।
मेन्दोमाया तामाङ गीतहरुमा योगदान कमाइसकेका लामाले थुप्रै आवार्ड हात पारेका छन् । दुई दर्जन भन्दा बढी गीतहरुमा आफ्नै स्वर संगीत भरिसकेका लामाले कतार मलेसिया सम्मको सांंगीतिक यात्रा गरिसकेका छन् ।
लामाको ए मैच्याङ, पन्चेबाजा, गोङ्की दोङ्बो याङ्जी होई, ले ले पोच्चोरी, च्याङ्बा माया, जस्ता थुप्रै म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् ।

प्रकाशित: समय: 20:02:27  234पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार