धनकुटाकी ट्युमर रोगी सरस्वती तामाङको शिक्षण अस्पताल महाराजगन्जमा उपचार हुँदै


काठमाडौं । नेपाल तामाङ घेदुङ कतारका अध्यक्ष योगेन्द्र लो तामाङको दिदी धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका वडा नं.१ बुढीमोरङ,सालबोटकी वासिन्दा ट्युमर रोगी सरस्वती तामाङको उपचारका लागि काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा सोमबार भर्ना हुनु भएको छ ।

बिएमसी अस्पताल बिर्तामोड झापाबाट उपचार गर्न शिक्षण अस्पताल(टिचिङ हस्पिटल) पठाएपछि अस्पतालले भर्ना लिन एक हप्तादेखि नमानेपछि नेपाल तामाङ घेदुङका संघीय सचिव एवं विपत व्यवस्थापन विभागका प्रमुख रामकृष्ण ब्लोन लामाको सक्रियतामा शिक्षण अस्पताल प्रशासन श्रोतसमक्ष गुनासो राखेपश्चात शिक्षण अस्पतालमा भर्ना गरिएको सम्बन्धश्रोतले तामाङपेजसँगको सम्पर्कमा जनाउँदैं केही दिन पछि ट्युमरको अप्रेसन हुनेसमेत जानकारी गराएका छन् ।

प्रकाशित: समय: 17:22:09  759पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार