थप ४,५१ जनामा कोरोना पष्टि,संक्रमितको संख्या ६,२११ पुग्यो


नेपालमा कोरोना भाईरस संक्रमणको संख्या ६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै
कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको बताएका छन् ।

संक्रमित हुनेमा ४ सय १६ पुरुष र ३५ महिला छन् । त्यस्तै रेडजोनमा पर्नेको संख्या ४ सय ९९ रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हालसम्म १ लाख ३८ हजार ६ सय ८३ पिसिआर विधिबाट र २ लाख १९ हजार ३ सय ३६ जनाको आरडिटी विधिबाट नमुना परीक्षण भएको छ । यस्तै, १ लाख ३३ हजार ८ सय २९ जना क्वारेन्टाइनमा र ५ हजार १ सय ५१ आइसोलेसन रहेका छन् ।

प्रकाशित: समय: 16:45:38  330पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार