दुई वर्षीय बालक सहित प्युठानमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि


१ असार, प्युठान । प्युठानमा थप तीन जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ । जिल्लाको सरूमारानी गाउपालिका – २ का एकै परिवारका तीन जनमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ ।

संक्रमित मध्य २ वर्षीय बालक, ६ वर्षीया बालिका र २९ वर्षीया महिला रहेका छन् ।

योसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

प्रकाशित: समय: 15:22:26  487पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार