गायक अमन तामाङको नयाँ सेलो गीत डम्फुको तालैमा बजारमा


ललितपुर  । गायक अमन तामाङको नयाँ सेलो गीत डम्फुको तालैमा बजारमा आएको छ । तामाङको आफ्नै शब्द, संगीत र आवाजमा रहेको गीतलाई पवन वाङ लामाले एरेन्ज र मनोज सेवाले मिक्सिङ गरेका हुन् ।

गीतको अडियो जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक तामाङको यो तेस्रो सेलो गीत हो । उनलेे आधुनिक र सेलो गरि करिब एक दर्जनको हाराहारीमा गीतहरु गाइसकेका छन् । उनले गाएका सबै गीतहरुमा आफ्नै शब्द र संगीत रहेको छ । गायक तामाङले ई.स.२०१८ मा पहिलो एल्बम निकालेका थिए जुन एल्बमभित्र समाबेस गरिएको दुईवटा गीतहरु “हेर्दा तिमीले” र “भिजेको परेलीको” शब्द भने गीतकार बिनु क्षितिजको रहेको थियो ।

गीत सुन्नुहोस्

प्रकाशित: समय: 15:05:51  230पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार