घेदुङ इजरायलको आर्थिक सहयोग कालिकास्थानका मृगौला पीडित गोलेलाई प्रदान!


इजरायल । नेेेेपाल तामाङ घेदुङ इजरायलबाट संकलित आर्थिक सहयोग रकम रसुवा जिल्ला,कालिकास्थान घर भइ हाल:भक्तपुर मनोहरा नयाँबस्ती सुकुम्बासीटोल मजदुर गर्दै आईरहेका दुई वटै मृगौला पीडित सुब्बा गोले तामाङलाई आईतबार प्रदान गरेको छ ।

घेदुङ इजरायलका उपाध्यक्ष लाक्पा स्याङबो र रोजि मोक्तान तामाङको संयोजनमा संकलित आर्थिक सहयोग रु.१ लाख १० हजार आर्थिक सहयोग रकम नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ,सचिव एवं विपत व्यवस्थापन प्रमुख रामकृष्ण ब्लोन लामाबाट मृगौला पीडित गोलेलाई प्रदान गरेका छन् ।

रसुवा कालिकास्थानका ३० वर्षीय मृगौला पीडित सुब्बा गोले तामाङ,विगत दुई वर्षदेखि मृगौला फेलभएर पीडितको उपचारका लागि नेपाल तामाङ घेदुङ इजरायलका उपाध्यक्ष लाक्पा स्याङबो र रोजि मोक्तान तामाङको संयोजनमा इजरायल रहेका ३७ जना सहयोगी दाताहरुबाट संकलन गरेर उक्त आर्थिक सहयोग रकम प्रदान गरेको जनाइएको छ।

प्रकाशित: समय: 14:25:05  369पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार