सिमलगैरी काफलबोट , नयाँगाउँ खानेपानी धारा निर्माण अन्तिम चरणमा


धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ५ स्थित सिमलगैरी काफलबोट, नयाँगाउँ खानेपानीको धारा निर्माण अन्तिम चरणमा पुगेको छ ।
थाक्रे गाउँपालिकाबाट बिनियोजित रकम रु २ लाखमा खानेपानीको धारा र ट्याङ्की निर्माण गरिएको गाउँपालिका सदस्य रजनी लामाले जानकारी दिएकी छिन् ।
उपभोक्ता समितिको अध्यक्ष बुद्धिमान लामा रहेको यो समितिले ८ वटा धारा र २ वटा ट्याङ्की निर्माण गरिएको हो । लगभग ३५ घर धुरी लाभान्वित हुने पनि सदस्य लामाले बताइन् ।

प्रकाशित: समय: 13:37:22  1446पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार