१ असार, काठमाडौं । सोमबार ओमानबाट १६६ जना समस्यामा परेका नेपाली स्वदेश फर्किँदैछन् । ओमानस्थित नेपाली दूतावासले विमान चार्टर गरेर समस्यामा परेका नेपालीहरूलाई दिउँसो साढे १ बजे काठमाडौं आइपुग्ने गरि स्वदेश फर्काउन लागेको हो ।
फर्किने सबैको पीसीआर जाँच गरेर पोजेटिभ आउनेलाई मात्रै स्वदेश फर्काइएको हो ।
उनीहरु सीधै होम क्यारेन्टिनमा जानेछन् । उक्त विमानले एक जना मृत नेपालीको शब पनि ल्याउने त्यहाँ स्थित राजदुतावासले जानकारी दिएको छ ।
यसैगरी दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।