लगनखेलमा दीप प्रज्वलन कार्यक्रम


ललितपुर । राष्ट्रिय युवा संघ नेपाल ललितपुरद्धारा नेपालको नयाँ नक्सा र निशान छाप परिवर्तन गरिएको खुशियालीमा आईतबार साँझ ललितपुरको लगनखेलमा नेपाल कम्युुुनिष्ट पार्टी(नेकपा)की प्रभावशाली नेतृ एवं ललितपुर क्षेत्र नं.३ की प्रतिनिधि सभाका सांसद पम्फा भुषालको प्रमुख आतिथ्यमा जिल्ला ईन्चार्ज एवं केन्द्रीय सदस्य हरि दहाल,जिल्ला अध्यक्ष हरिकृष्ण व्यन्जनकार,ललितपुर क्षेत्र नं.१ का प्रतिनिधि सभाका सांसद नवराज सिलवालको विशेष आतिथ्यमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

राष्ट्रिय युवा संघ ललितपुर जिल्ला संयोजक गोविन्द थापामगरकानुसार उक्त कार्यक्रममा लिम्पियाधुरा,लिपुलेक र कालापानि नेपालको हो,हामी नेपालीको हो!प्रतिनिधि सभाद्धारा संविधान संशोधन र नेपालको नयाँ नक्सा तथा निशान छाप परिवर्तनले राष्ट्रिय एकतालाई मजबुत पारेको छ,अब अबिलम्ब वार्ता गर्न भारत तयार होस् भन्ने नेतृत्वहरुबाट बिचारकासाथ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सचिवालय सदस्य राजु आलेमगर,महालक्ष्मी नगर समिति ईन्चार्ज भरत पराजुली,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरु धनकुमार मैनाली,ललिता गोले तामाङ,जिल्ला सहसंयोजक सुनिल देशार लगायतका विभिन्न तपतहका नेतृत्वहरुको सहभागिता रहेको जनाएका छन् ।

तस्बिर : नवराज संजेल, गिम्दी ।

 

 

प्रकाशित: समय: 10:30:50  473पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार