घेदुङ पोखराद्धारा ३ सय घरधुरीलाई खाद्यान्न वितरण


कास्की । विश्वव्यापी कोभिड-१९ कोरोना महामारीको संकटको घडीमा करिव तीन महिना लामो लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गर्ने अत्यन्त विपन्न वर्ग,अपाङ्गता र एकल महिला लगायतका ३ सय घरधुरी परिवारलाई नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले खाद्यान्न वितरण गरेको छ ।

नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष टेकबहादुर स्याङबो तामाङले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं पोखरा महानगर घेदुङका
विभिन्न इकाई समितिहरु जयमुरे,ठाँटी,लामाचौर,बाटुलेचौर, सिम्पानी,लामागाउँ,बाग्लुङ बसपार्क,नालामुख,ढुंगेसाँघु, भेंडिफारम,संगमटोल,रिठ्ठेपानी,डाँडाको नाक,भण्डारढिक, एकान्तकुना,खुदीखोला,लामेआहाल र मजुवामा खाद्यान्नमा राहतस्वरुप चामल वितरण गरेको हो ।घेदुङ महानगर समितिका अध्यक्ष स्याङबोको संयोजकत्वमा स्वदेश तथा विदेशमा रहेका विभिन्न तामाङ सहयोगी दाताहरुद्वारा प्राप्त राहत सहयोग संकलन गरि घेदुङ इकाई अध्यक्षहरुको परामर्श र पोखरा महानगरपालिकाको स्वीकृतिमा विभिन्न मितिमा पटक-पटक गरेर राहतमा खाद्यान्न वितरण गरिएको जनाएका छन् ।

खाद्यान्न वितरण कार्यक्रमहरुमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष दिपक वाईवा,सचिव सुन्दर थोकर,प्रदेश सदस्य कमला तामाङ,घेदुङ जिल्ला अध्यक्ष मानबहादुर तामाङ,आदिवासी महिला महासंघ कास्कीका सचिव मिनमाया डुम्जन,घेदुङ महानगर समितिका उपाध्यक्ष शिवु ब्लोन,सचिव कुमार थिङ,कोषाध्यक्ष अन्जना तामाङ,महिला घेदुङ अध्यक्ष पवित्रा थोकर,सिम्पानी इकाई अध्यक्ष वीरबहादुर थोकर तामाङ लगायतका प्रतिनिधिहरुको सक्रियताकासाथ सहभागिता रहेको थियो ।

 

 

प्रकाशित: समय: 9:05:21  485पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार