मकवानपुरमा धारिलो हतियार प्रहारबाट एक बालक गम्भीर घाइते


काठमाडौं  मकवानपुरको हेटौंडामा धारिलो हतियार प्रहारबाट एक बालक गम्भीर घाइते भएका छन् । धारिलो हतियार प्रहारबाट हेटौंडा उपमहानगरपालिका वडा नं १९ का १४ बर्षिय मिलन गोङबा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।पदमपोखरिबाट बस्तिपुर तर्फ ट्याक्टरमा फर्कदै गर्ने क्रममा मिलन गोङबा सहित अन्य ४ जनालाई छुरा प्रहार गर्दा गोङबा गम्भीर घाइते भएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले हेटौंडा १२ का २७ बर्षिय संजय लामालाई प्रहरीले पक्राउ गरेको छ । घाइते बालाकलाई उपचारका लागी भरतपुर पठाइएको र त्यहाँ उपचार सम्भब नभएपछि काठमाडौ पठाइएको प्रबक्ता रानाले बताए । घटनामा संलग्न अन्यको खोजी भइरहेको र घटनाको अनुसन्धान भइ रहेको प्रबक्ता रानाले बताए ।

प्रकाशित: समय: 7:43:47  284पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार