ललितपुर । गोदावरी नगरपालिका वडा नं.७ देवीचौरस्थित बुरुन्चुलीमा १७ औं विश्व रक्तदाता दिवसको अवसरमा दुदर्शन समूह,ब्लड डोनर्स एसोसिएसन अफ नेपाल(ब्लोदान)ललितपुर जिल्ला शाखा,लायन्स क्लब,सोलुशन समाज,ब्लड फर मि र भेस्तिज नेपालको संयुक्त आयोजनामा आकस्मिक घरदैलो रक्तदान अभियान कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
ब्लोदानका प्रचार प्रसार संयोजक बेबि राजभण्डारीकानुसार ब्लोदान ललितपुर जिल्ला शाखाका अध्यक्ष साधुराम महर्जनको सभाअध्यक्षतामा आयोजित उक्त कार्यक्रममा दुदर्शन समूहका अध्यक्ष संजिव तामाङ,विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,रक्त संचार सेवा भक्तपुर शाखालाई सम्मान पत्रद्धारा सम्मान र २३ जना रक्तदाताहरुलाई प्रशंसा पत्रसमेत प्रदान गरिएको जनाएकी छिन्।
प्रत्येक वर्ष जुन १४ तारिखका दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउँदै आएको छ ।