ललितपुर । महाँकाल गाउँपालिका वडा नं.५ चन्दनपुरस्थित नमनडाँडामा महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको प्रमुख आतिथ्यमा प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेको विशेष आतिथ्यमा महिलाहरुको निमित्त एक महिने बाँसको सामग्री र सालको पातको डुना टपरी बनाउने तालिम आईतबारदेखि शुरु भएको छ ।
वडासचिव गंगाप्रसाद तिमल्सिनाले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं महाँकाल गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि दहालद्धारा उदघाटन गरिएको तालिममा वडाध्यक्ष खोमप्रसाद दहाल, गाउँपालिका बोर्ड सदस्य गंगा नेपाली,वडासदस्यहरु उत्तमकुमार घिमिरे,धर्मकुमारी दहाल,हरिततारा महिला वचत तथा ॠण सहकारी संस्थाकी अध्यक्षा सुमित्रा बन्जरा,सल्लाहकारहरु रचना के.सी.,मसलिमाया ग्लान तामाङ,तालिमका प्रशिक्षक कृष्णकुमारी बम्जन तामाङ लगायतको सहभागिता रहेको जनाएका छन् ।
हरिततारा महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आयोजित उक्त तालिमको उदघाटन कार्यक्रम संस्थाकी सचिव मिरा घिमिरेले संचालन गर्नु भएको थियो।
महाँकाल गाउँपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत संचालन गरिएको बाँसको सामग्री तथा सालको पातको डुना टपरी बनाउने तालिमको बजेट २ लाख २५ हजार र तालिममा वडा भित्रका महिला प्रशिक्षार्थीहरु २० जनाको सहभागिता रहेका छन् ।