थुम्पाखरका दलित, विपन्न र असहाय १८१ घरधुरीलाई खाद्यान्न वितरण


सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नं.६ थुम्पाखरमा आईतबार खाद्यान्न वितरण गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सुनकोशी गाउँपालिका पार्टी सदस्य एवं नेता देवीबहादुर कोईरालाको पहलमा सहयोगदाता डाक्टर भिक्टर ग्लेधिलको सहयोगमा नेपाल सरकारले कोरोना भाइरसकाकारण गरेको लकडाउनले गर्दा समस्यामा परेका दैनिक ज्यालादारी,गरिव,असहाय ,विपन्न परिवार ५४ घरधुरी र दलित समुदाय १२७ घरधुरी गरि कुल १८१ घरधुरीलाई प्रति घर एक/एक बोरा चामल खाद्यान्न वितरण गरिएको सामाजिक अभियन्ता एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता मिम योन्जन तामाङले तामाङपेजसँगको संवादमा जनाएका छन् ।

प्रकाशित: समय: 17:46:08  519पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार