सांसद सिलवालसहितको टोलिद्धारा निर्माणधिन गोदावरी खेलकुद भवन निर्माण स्थलको अनुगमन तथा निरिक्षण कार्यक्रम


ललितपुर । गोदावरी नगरपालिका वडा नं.३ टौखेलमा गत वर्षदेखि निर्माण शुरुवात गरिएको गोदावरी खेलकुद भवन निर्माण स्थलको ललितपुर जिल्ला क्षेत्र नं.१ का संघीय सांसद नवराज सिलवालसहितको टोलिले बिहिबार अनुगमनसहित निरिक्षण गरेको छ ।

गोदावरी खेलकुद भवन निर्माण उपभोक्ता समितिको पहलमा निर्माणधिन भवन निर्माणस्थलको संघीय सांसद सिलवाल,ललितपुर जिल्ला क्षेत्र नं.१(क) प्रदेशका वाग्मती प्रदेश सांसद लालकुमारी पुन(शुशिला) र गोदावरी नगरपालिका उपमेयर मुना अधिकारी सम्मिलित टोलिले भवन निर्माण स्थलको अनुगमनसहित निरिक्षण गरेको थियो ।

समितिका सचिव सन्तोष कुँवरले तामाङपेजसँग कुराकानी गर्नुहुँदैं उक्त भवनको निर्माण शुरु सांसद सिलवालबाट गत वर्षको सांसद कोषबाट प्राप्त रु.२० लाख बजेटबाट शुरु गरिएको भवन निर्माण लगायतका स्थल निर्माणको लागि यो वर्ष वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु.१ करोड बजेट विनियोजित भएको जनाउँदै बिहिबारको कार्यक्रममा समितिका अध्यक्ष ईन्जिनियर राजेशबाबु पौंड्याल,समितिका प्रतिनिधिहरु पुरुषोत्तम थापा,सबल के.सी.,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सदस्य राज घिमिरे,खेलाडीहरु,स्थानिय महानुभावहरुको सामाजिक दुरि कायम गर्दै उपस्थिति रहेको र सो भवनको गुरु योजना मुताविक कार्य हुँदै आएको बताउनु भएको छ ।

प्रकाशित: समय: 7:34:59  183पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार