
मकवानपुर । कोरोना भाइरसको कारनले विश्व जगतका मानवहरु यत्तिखेर त्रसित छन् ,लाखौ लाख कोरोना भाइरसको संक्रमणबाट मृत्युसँग लडिरहेका छन् भने लाखौ लाखले मृत्युलाई जितेका पनि छन् भने लाखौ लाखले ज्यान गुमाएका छन् ।
नेपाल सरकारले कोराना भाइरसको संक्रमणबाट आम नागरिकलाई बचाउनको लागि हरिएको बन्दाबन्दी(लकडाउन)७० औं दिन अर्थात २०७७ जेष्ठ १९ गते जुन १ तारिख २०२० सोमबारको दिन एका बिहानै Dawadorje Lama नामको फेशबुकको पोष्ट पढने मौंका मिल्यो,आज आईतबार करिब एक हप्ता बित्न लाग्दा त्यो लेखको साथमा मार्मिक वास्तविक जीवन लुकेको”न्यायिक मनको प्रयोग” भनेर राखिएको स्टाटस,फोटोसहित एक राष्ट्रसेवकले आफ्नो कर्तव्यपालनको क्रममा गरेको कार्य अहिले सामाजिक संजालमा भाईरल बन्दै गई रहेको छ ।
कस्तो रहेछ त ? एक पुलिस अफिसरको”न्यायिक मनको प्रयोग” यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।
“न्यायिक मनको प्रयोग”
“आज बिहान त्यस्तै सात बज्न लागेको थियो होला। हेटौडाको बुद्धचौक नजिक खोपेगल्ली छिर्ने बाटोमा एक जना महिला निगुरो बेच्न बसेकी थिइन्। मेरो कमाण्डमा लकडाउन पालना गराउन र खाद्यान्न बाहेकको पसल बन्द गराउनु हेटौडा बजारमा टोली परिचालन भएको थियो। केही दिन अघिबाट हेटौडा बजारमा भीडभाड बढेको जनगुनासो जो आएको थियो।
जुन ठाउँमा ती महिला निगुरो बेच्न बसेकी थिइन् त्यहाँ त झन बस्न बन्देज नै थियो। मैले यहाँ बाट हट्नुहोस नभनी कनै ती महिला आँखा भरी आँसु पार्दै बोलिन।
अरु ठाउँमा बिक्दैन सर ! यहाँ अली-अली मान्छे आउँदा रैछन। यो निगुरो बिक्यो भने चामल किनेर लानु छ,हिजो दिनभर पूरै परिवार भएर जंगलबाट खोजेर ल्याएको! घर पनि टाढा छ। डेढ घण्टा हिडेर आएको सर । मेरो केही बेर मुख बाट आवाज निस्किएन। म स्तब्ध भएँ।
घर,परिवारको हालखवर सोधे र नियम जो विपरित त थियो नै। आफ्नै न्यायिक मनको प्रयोग गरे सिपाहीलाई आँखाको इसारा दिए र फोन आएको बहाना गर्दै साइड लागे।”
यस पोष्टका प्रस्तुतकर्ता नेपाल पुलिसका एक अफिसर हुनुहुन्छ,जहाँसम्म हाम्रो खोजले हाल:शशस्त्र प्रहरी बल नेपालको शशस्त्र प्रहरी नायव निरीक्षक पदमा कार्यरत दावादोर्जे लामाको यस कार्यप्रति सामाजिक संजालमा यो पोष्ट भाईरल बन्दै गएको छ,प्रस्तुत रोचक खबरमा हामीले नेपाल पुलिसका एक अफिसर भनेर राखेका छौं,यस्को अर्थ नेपालको जनपथ,शशस्त्र,ब्युरो,ट्राफिक,राष्ट्रिय अनुसन्धान विभाग भएपनि आम जनताको नजरमा राष्ट्रसेवक सुरक्षाकर्मी नै देखिन्छ ।
हाम्रो तर्फबाट पनि तपाईं जस्तो राष्ट्रसेवक शशस्त्र प्रहरी नायव निरीक्षक सइ साप दावादोर्जे लामालाई सलामसहित जय नेपाल व्यक्त गर्न चाहन्छौं।
तस्बिर श्रोत: श.प्र.ना.नि.दावादोर्जे लामा ।