महालक्ष्मी नगर प्याब्सनको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न,शिक्षाको विकासमा नगरपालिकाले योजना बनाउँदैं: मेयर श्रेष्ठ


ललितपुर । महालक्ष्मी नगरपालिका,प्याब्सन नगर समितिको आयोजनामा बिहिबार जुम भिडियो कन्फेरेन्सनमार्फत अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुर जिल्लाका सामुदायिक तथा निजि विद्यालयहरुका नेतृत्वसहित देशैभरिका सबै शैक्षिक नेतृत्वहरुले उक्त कार्यक्रममा दुई सय जनाले सहभागिता लिएका थिए ।

महालक्ष्मी नगर प्याब्सनले आयोजना गरेको सो कार्यक्रममा महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ,प्याब्सन वरिष्ठ राजेन्द्र बानियाँ,प्याब्सन वाग्मती प्रदेश अध्यक्ष थकिनकुमार गुरुङ,लाइफ कोच तथा मोटिभेसनल स्पिकर आरके ढुंगाना, ललितपुर प्याब्सन जिल्ला अध्यक्ष राधेश्याम महर्जन,महालक्ष्मी नगरपालिकाका शिक्षा प्रमुख रामबन्धु सुवेदी,लिडरशिप लनिङ कम्युनिटी नेपालका संयोजक चेत पन्त,नेपाल शिक्षक संगठन ललितपुर अध्यक्ष सुरेन्द्रकुमार घिमिरे लगायतले आ-आफ्नो विचार राख्नु भएको थियो ।

महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठले शिक्षाको विकासमा नगरपालिकाले योजना बनाउँदै सवै सरोकारवालाहरुसँग सहकार्य गरेर अगाडि बढिरहेको र आउँदा दिनमा पनि प्रगतिशिल योजना सहित सहकार्य गर्ने प्रतिवद्धता जनाउनुहुँदै मेयर श्रेष्ठले महालक्ष्मी नगरपालिकाले लिएको नीति तथा कार्यक्रमको चर्चा गर्दै कोरोनाको संकट व्यवस्थापनका सवालमा बिचार राखेका थिए ।

त्यसैगरी प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाँले सामुदायिक,संस्थागत साझेदारी कार्यक्रम तथा नेपाल सरकारले लिएको पछिल्ला नीति,आगामी शैक्षिक सत्रको पढाइलाई अगाडि बढाउन गरिने क्रियाकलापसहितका जानकारी प्रस्तुत गर्नु भएको थियो ।

महालक्ष्मी नगर प्याब्सनले आयोजना गरेको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा वाग्मती प्रदेश अध्यक्ष थकिनकुमार गुरुङले अनलाइन कक्षामा स्लाइडको प्रभावकारी प्रयोग कसरी गर्ने, शैक्षिक नेतृत्वले आगामी दिनमा कसरी अगाडि बढ्ने, प्याब्सनले पछिल्लो समय गरेका निर्णय सम्बन्धमा आफ्नो प्रस्तुति व्यक्त गरेका थिए ।

जुम प्रविधिबाट गरिएको भिडियो कन्फेरेन्समा प्रशिक्षक तथा मोटिभेसनल स्पिकर आरके ढुंगानाले लकडाउनको अवधी तथा लकडाउनपश्चात शैक्षिक नेतृत्वको भूमिकाका बारेमा प्रशिक्षण दिनुहुँदै शिक्षकलाई सवलीकरण,अभिभावकलाई अभिमुखीकरण ,विद्यार्थीलाई उत्प्रेरित गर्दै सिकाइ प्रक्रिया अगाडी बढाउनुपर्ने, अहिलेको अवस्थामा मनोसामाजिक परामर्शलाई जोड दिनुपर्ने, नेपाल सरकार,सामुदायिक विद्यालय र नीजि विद्यालयवीचमा सहकार्यका माध्यमबाट कोरोना संकटलाई सँगसँगै सामना गर्नुपर्ने,स्थानिय सरकारले
थिङ्क ट्याङ्क,युथ ट्याङ्क र रिसोर्स ट्याङ्कको अवधारणलाई अगाडी बढाउनुपर्ने लगायतका विषयमा उत्प्रेरणात्मक प्रस्तुति राख्नुभएको थियो।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका शिक्षा प्रमुख रामबन्धु सुवेदीले नगरपालिकाको शैक्षिक गतिविधी र आगामी योजना विषयमा बिचार राखेका थिए भने लिडरसिप लर्निङ कम्युनिटी नेपालका संयोजक चेत पन्तले कोल्याबरेटिभ नेतृत्व र कोरोना संकटमा शैक्षिक नेतृत्वकले नवीनतम भूमिका सम्बन्धि प्रशिक्षण बढो बुझ्ने शैलिमा राखेका थिए ।

सो कार्यक्रम महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाशकुमार मल्ल(केके मल्ल) को सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 9:26:43  769पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार