नुवाकोट प्रवेश गर्ने मुख्य नाका काेल्पुटारमा स्यानिटाइजर टनेल सञ्चालन


करण तामाङ , नुवाकोट । धादिङको गल्छी हुँदै नुवाकोट प्रवेश गर्ने मुख्य नाका काेल्पुटारमा मंगलबारदेखि स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको छ । हाल सञ्चालनमा दिइएको मालवाहक सवारीसाधन आवतजावत गर्ने क्रममा काेराेनाकाे किटाणु रहला भनेर स्यानिटाइजिङ डिस्इन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको हाे ।
टनेल नुवाकोट जिल्ला समन्वय समितिकाे सभापति सन्तमान तामाङले मंगलबार उद्घाटन गरी सञ्चालन गरेका हुन् । जिल्ला बाहिरबाट जिल्ला भित्रिने मालवाहक गाडीबाट संक्रमणकाे जाेखिम रहेको हुनाले नाकामै डिस्इन्फेक्सन गरेर मात्रै जिल्ला भित्र्याउन टनेल निर्माण गरिएको सभापति तामाङले बताए ।
चार लाखमा निर्मित टनेल नुवाकोट चेम्बर अफ कमर्श, सुन्दरा यातायात, विदुर नगरपालिका र बेलकाेटगढी नगरपालिकाकाे संयुक्त आर्थिक सहयोग तथा पहलमा निर्माण गरिएको हाे । एक लिटर स्यानिटाइजरले एउटा गाडीलाई पुग्ने गरि व्यवस्था मिलाइएको छ । टनेलमा डिसइन्फेक्सन गरेर मात्रै गाडीलाई प्रवेश दिइने भएको छ । टनेल सञ्चालन गर्न काेल्पुटार प्रहरी चेकपाेस्टलाई जिम्मा दिएको थियो ।
स्यानिटाइजिङ टनेल प्रभावकारी रहने भएको हुनाले जिल्ला प्रवेश गर्ने अन्य नाकाहरु पनि सञ्चालनमा ल्याउनुपर्ने सभापति तामाङले बताएका छन् ।

प्रकाशित: समय: 5:57:40  93पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार