मन्त्रालयकाे गलैँचा हैन, गरिब जनताले सास फेर्न सकियाेस :- करण तामाङ सायर


नुवाकोट । युवा साहित्यकार करण तामाङ घ्लान सायरले आफ्नाे रचनाहरु रच्ने क्रममा एउटा फुट्कार कविता मध्ये अलि फरक भावमा “बर्खा लाग्याे प्यारी” कविता तामाङपेज अनलाइन, शुभ-आरम्भ अनलाइन, दियाले न्यूज अनलाइन, क्रान्ति साप्ताहिक लगायतका आधा दर्जनभन्दा बढि अनलाइन डटकम र पत्रपत्रिकामार्फत सार्वजनिक गर्नुभएको छ । सायरकाे याे कविता राष्ट्रपति कार्यालयकाे गलैँचा फेर्न र मन्त्रालयमा जिम खानी बनाउनु अघि छाक टार्न मुस्किल गरिब जनताले सास फेर्न सकेको छ कि छैन भन्ने कुरामा ध्यान केन्द्रीकृत गराएको पाइन्छ । कविता यस्तो रहेको छ ।

“बर्खा लाग्यो प्यारी”

बर्खा लाग्याे प्यारी
खिया लागेको पुरानाे
प्वालै प्वाल भएको टिनकाे छानाे
याे साल पनि फेर्न सकिएन
माटाेकाे गाराे लड्न सक्छ,
अनि पानी चुहिएर
भएको त्याे एउटा
बर्सेनि टालेर लगाउने
चाेली भिज्ने भयाे ,
नयाँ चाेली फेर्न
अझै सकिएन प्यारी ।

डाली रित्तै छ
भकारी खाली छ,
मानुले पाथीलाई भाेक लाग्याे
बेस्सरी भाेक लाग्याे
भनेर कराएकाे पनि
धेरै भयाे ,
के दियाेस
पाथी आफैं भाेकाे छ ,
हिजाे पानी पिएर
छाक टारी बस्याैँ ,
आज त खाेले सिस्नु
पनि सकेछ ,
पटुकी अझै कस्सेर बाँधन
भाेक टर्छ कि प्यारी ।

फेर्न मन धेरै छ
तर सास फेर्न पनि गाह्राे छ
फेर्न मन छ
राष्ट्रपतिले कराेडकाे
गलैँचा फेर्ने भए झैं
केही रुपैयाँको
धाेजा धाेजा भएको
सुकुल, थाङ्नाे, छानाे ।
मन्त्रालयमा जीमखानी
खाेल्ने भए झैँ
कन्दरामा अन्नखानी खाेल्थेँ
तर प्यारी
भएको खाेरिया पनि …
बस यति मात्रै ।

प्रकाशित: समय: 10:48:12  226पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार