रुकुम पश्चिम सोती गाउँको घटनाका दोषीलाई कार्वाही गर्न “ज्ञापन पत्र हस्तान्तरण” कार्यक्रम


ललितपुर । नेपाल दलित संघ जिल्ला कार्य समिति ललितपुरले रुकुम पस्चिमको चौंर जहारी नगरपालिकास्थित सोति गाउँमा केही दिन अघि भएको नवराज विकसहित सामुहिक नरसंहार जस्तो अमानवीय घटनाका दोषी उपर कडा कार्वाही गर्न,गराउन जिल्ला प्रशासन कार्यालय ललितपुरमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र पुर्याउन हस्तान्तरण सोमबार गरेको छ ।

संघका ललितपुर जिल्ला अध्यक्ष बिष्णु बिशुन्खेको नेतृत्वमा उपाध्यक्ष रामकृष्ण परियार,सचिव रेणु दुलाल,सहसचिव चन्चला सुनार,पदाधिकारीहरुसहितको टोलिले”पीडित परिवारलाई न्याय देउ,रुकुम घटनाका दोषीमाथि कार्वाही गर” भन्ने प्लेकार्डसहित सामाजिक दुरिलाई कायम गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रशासकीय अधिकृत सुमन पण्डितलाई ज्ञापन पत्र बुझाएका छन् ।


जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं.४ का दलित युवा नवराज विश्वकर्मा,आफ्नो प्रेमिका रुकुम पश्चिमको चौंरजहारी गाउँकी सुष्मा मल्ल ठकुरीले बोलाएपछि सुष्मालाई लिन पुगेका नवराजसहितका गएका नागरिकहरुमाथि आक्रमण भएपछि ज्यान जोगाउन भेरी नदिमा हाम फाल्दा नवराज विश्वकर्मा गरि ४ जनाको लास भेरी नदिमा भेटिएको छ भने अझै केही वेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ ।

पीडित परिवारले घटनामा संलग्न ३० जनाको नाम किटानी गरि जाहेरी दिएपछि रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयले हालसम्ममा वडाध्यक्षसहित १२ जनालाई पक्राउ गरिएको अन्यको पनि खोजतलास गरि पक्राउ गर्ने कार्य जारी रहेको प्रहरी श्रोतले तामाङपेजसँगको सम्पर्कमा जनाएका छन् ।

तस्बिर : चन्चला सुनार ।

प्रकाशित: समय: 9:47:52  108पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार