बौंद्धमा वाग्मती प्रदेश सांसद लामाको सहयोगमा ११२ घरपरिवारलाई राहत वितरण


काठमाडौं । टुसाल युवा क्लब र ओम तामाङ सुख दुःख सेवा गूठीको संयुक्त आयोजनामा काठमाडौं जिल्ला क्षेत्र नं.३ का वाग्मती प्रदेश सांसद छिरिङदोर्जे लामाको विशेष सहयोगमा सोमबार ११२ घरपरिवारलाई राहत वितरण गरेको छ ।

बौंद्ध क्षेत्रमा रहेका निम्न,असहाय तथा महामारी कोभिड-१९ का कारण पीडित भएका घरपरिवारलाई चामल लगायतका खाद्यान्न सामग्री राहत स्वरुप वितरण गरिएको थियो ।

सोही कार्यक्रममा टुसालका समाजसेवी दिलिप लामाले महानगरीय प्रहरी वृत्त बौंद्धलाई १० थान पिपिई सेट प्रदान गरेका थिए ।

सामाजिक दुरिलाई कायम गर्दै गरिएको राहत वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.६ बौंद्धका वडाध्यक्ष दीपेन्द्र लामा,वडासदस्यहरु,गूठी तथा क्लवका पूर्वअध्यक्षहरु,बौंद्ध भेट्रान क्लबका अध्यक्ष तथा सदस्यहरु,टुसाल युवा क्लव र ओम तामाङ सुख दु:ख सेवा गूठीका पदाधिकारीहरु,संचारकर्मी,समाजसेवी,स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: समय: 8:27:12  98पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार