पर्वतमा पहिलोपटक ५ जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो


पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको छ ।

पर्वतको फलेबास नगरपालिका स्थायी घर भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका स्थायी घर भई कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश सरकारले पुष्टि गरेको हो ।

यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका स्थायी घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । यस्तै, स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको प्रदेश सरकारले जनाएको छ ।

थप १० मा कोरोना पुष्टि भएसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

प्रकाशित: समय: 8:03:55  144पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार