कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार नाघ्यो,अमेरिकामा मात्रै १८ लाख ५९ हजार संक्रमित


विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ६३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा  १ लाख २ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६३ लाख ६१ हजार ८ सय ७९ पुगेको हो । जसमध्ये २९ लाख भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । ३० लाख ८४ हजार ६ सय ८२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेकोमा ५३ हजार ३ सय ९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डो मिटर्सले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमबाट ३ लाख ७७ हजार १ सय ४९ जनाको मृत्यु भएको  छ ।

कोरोनाको उद्गमस्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु अमेरिका भएको छ । अहिलेसम्म अमेरिकामा १ लाख ६ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १८ लाख ५९ हजार ४ सय ४१ पुगेको छ ।संक्रमितमध्ये ६ लाख १५ हजार ३ सय १५ जना उपचारपछि निको भइसकेका छन् ।

यस्तै, ब्राजिलमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५ लाख २९ हजार १८ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार ४६ पुगेको छ ।  संक्रमितमध्ये २ लाख ११ हजार ८० जना पूर्णरूपमा निका भइसकेका छन् ।

प्रकाशित: समय: 6:37:08  78पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार