एमसीसी संसदबाट अनुमोदन नहुँदासम्म यथावत रहने : अर्थमन्त्री खतिवडा


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन नहुँदासम्म अघि नबढ्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले एमसीसी बजेटको अनुसूचीमा तीन वर्षदेखि लगातार आइरहेको उल्लेख गर्दै संसदबाट निर्णय भएपछि अरु काम अघि बढ्ने बताएका हुन् ।

उनले एमसीसीमार्फत आउने अमेरिकी सहयोग रकम संसदले अनुमोदन गरेपछि मात्रै त्यो बेला निकासा हुने र त्यतिबेलासम्म यथावत नै रहने बताए । अर्थमन्त्री खतिवडाले वित्त आयोगको सुझाव अनुसार कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको वरिपरि रहेर आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको बताए ।

उनले निजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी सरकारले ऋण उठाउने व्यवस्था गरेको जानकारी दिए ।

 

प्रकाशित: समय: 19:31:57  62पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार