मृगस्थलीका बाँदरलाई दानापानी वितरण कार्यक्रम


काठमाडौं ।  नेपाल सरकारले कोरोना भाइरसका कारण गरेको लगातारको लकडाउनले गर्दा आम नेपाली नागरिकमा मात्र असर नभई जीव जन्तु,पशुपन्छिहरुपनि भोक भोकै पर्न र मर्न थालेका छन् भने कतिपयमा विषम रुपमा भोकमरीको सिकारसमेत बनेको छ । बौंद्धमा स्थापित पेम्बा लामाको संयोजकत्वमा गठित लो समूहले पिडामा परेका भोकमरीमा परेका मानव तथा पशुपन्छीहरुलाई खाना वितरण गर्दै आएका छन् ।

बौंद्धबाट संचारकर्मी अमित लामाले तामाङपेजसँगको सम्पर्कमा संयोजक लामाको नेतृत्वमा रहेको लो समूहका पदाधिकारीहरु,स्वयंसेवकहरुले सामाजिक दुरिलाई पालन गर्दै, पशुपति नाथ मन्दिर आसपासका मृगस्थली,गोरखनाथ,गुहेश्वरीमा रहेका बाँदरहरुलाई खाना,दानापानी वितरण गरेको बताउनु भएको छ।

 

 

 

प्रकाशित: समय: 16:49:14  109पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार