महानगरीय प्रहरी परिसर ललितपुरको”विधाई तथा स्वागत”कार्यक्रम


ललितपुर । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरले सोमबार कार्यालयमा कार्यालय तथा मातहातमा कार्यरत प्रहरी अधिकृतहरुलाई विधाई तथा स्वागत कार्यक्रम गरेको छ ।

परिसर ललितपुरकानुसार महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) टेकप्रसाद राईले कार्यालय तथा मातहातमा कार्यरत प्रहरी नायव उपरीक्षक(डिएसपी)हरु क्रमश:विश्वराज खड्का,पूर्णिमाकुमारी चन्द,चञ्चला श्रेष्ठ तथा सागरविक्रम राणालाई उपहार,माल्यर्पण गर्नुहुँदैं विधाई तथा परिसरमा सरुवा भएर हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक(इनिष्पेक्टर)किसन बस्नेतलाई माल्यर्पणसहित स्वागत गरेका छन् ।

महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुर कार्यालयमा आयोजित उक्त कार्यक्रममा सामाजिक दुरिलाई कायम गर्दै कार्यालय तथा कार्यालय मातहातका प्रहरी अधिकृत तथा प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

 

 

 

 

प्रकाशित: समय: 16:15:54  134पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार