धापाखेलस्थित”हाम्रो शोभा गृह संस्थालाई स्वास्थ्य सामग्री खरिदको लागि आर्थिक सहयोग” प्रदान


ललितपुर । जिल्लाको ललितपुर महानगरपालिका वडा नं.२३ स्थित धापाखेलमा रहेको हाम्रो शोभा गृह संस्थालाई गोदावरी नगरपालिका वडा नं.१२ ठेचो निवासी सामाजिक अभियन्ता एवं श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्षसमेत रहनु भएकी निर्मला क्षेत्रीले व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री खरिदको निमित्त आईतबार आर्थिक सहयोग प्रदान गरेकी छिन् ।

कोरोनाको महामारीको यस दुखद घडीमा संस्थालाई एक थान स्यानेटाईजर स्ट्याण्ड मेसिन खरिद गर्न आर्थिक सहयोग रु.५ हजार ८ सय ८० रुपैयाँ सहयोग प्रदान गरेको हाम्रो शोभा गृह संस्थाका अध्यक्ष सुरज अर्यालले तामाङपेजसँगको सम्पर्कमा बताउनु भएको छ ।

धापाखेलमा रहेको यस संस्थाले जेष्ठ नागरिकहरुको हितमा स्थापना कालदेखि मानविय सहयोग गर्दै आईरहेको संस्थाका अध्यक्ष अर्यालले जनाएका छन् ।

प्रकाशित: समय: 10:49:51  149पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार