युवा साहित्यकार “करण सायर”काे जापानी शैलीका डाेडाेइट्सुहरु


नुवाकोट । बेलकाेटगढी नगरपालिका वडा नम्बर ४ का युवा साहित्यकार करण तामाङ ग्लान सायरकाे जापानी शैलीका नयाँ डाेडाेइट्सुहरु सार्वजनिक गरिएको छ । साहित्यकार सायरले अहिलेसम्म फिजारल्ड शैलीमा नेपाली मुक्तक, नाटक, फुटकार कविताहरु, गजल, जापानी शैलीका डाेडाेइट्सु, ताङ्का, हाइकु लगायतका साहित्य सिर्जनामा कलम चलाउदै आउनु भएको छ । सायर नुवाकोट साहित्य प्रतिष्ठान नेपालकाे आजीवन सदस्य तथा प्रतिष्ठान प्रवक्ता , बुलबुल साहित्य पब्लिकेसन्स प्रा.लि. सहयात्री सदस्य लगायतमा साहित्यिक यात्रामा यात्रीत रहनु भएको छ ।
सायरकाे नयाँ केही डाेडाेइट्सुहरु निम्नानुसार रहेको छ:-

एक)
टाँसिएकाे प्रेममा
बढेको सामिप्याता
थेक्न नसकेपछि
कस्तो सन्नाटा ।

दुई )
दुई नजर जुध्याे
मनायाे समझम
थ्याे अरुकाे श्रीमती
गयाे भुकम्प ।

तीन)
पाक्नै नपाई खायाे
मीठाे त मानीमानी
थाहा भयाे असर
भावविभाेर ।

चार)
अवाज कलमकाे
गुञ्जिदै गएपछि
डरमा कुर्सीहरु
अत्तालिएछ ।

पाँच)
एउटामात्र खाट
सिरानीकाे सिमाना
उक्लेपछि सजिलै
बत्ती निभेकाे ।

प्रकाशित: समय: 22:52:32  854पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार